२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जग्गाको खरिद विक्रिको मूल्यलाई पारदर्शी बनाउने सरकार घोषणा

५ जेठ, काठमाडाैं । सरकारले जग्गाको खरिद विक्रिको मूल्यलाई पारदर्शी बनाउने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाका खरिद बिक्री मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने बताए ।

उनले भने ‘ भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाका खरिद बिक्रीमूल्यलाई पारदर्शी र यथार्थपरक बनाईने छ । जग्गाको खरिद बिक्रीको मूल्यलाई पारदर्शी र यथार्थपरक बनाईने छ । ’

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाँझो जग्गा उपयोगका लागिनीगित गत व्यवस्था गर्ने बताएको छ । यस्तै सरकारले नक्सा सम्बन्धि कार्यलाई प्रविधियुक्त गराउने उनले बताए । सरकारले संघ, प्रदेश र स्थानीयतहको समन्वयनमा भू–उपयोग योजनातयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

यस्तै व्यावसायिक कृषि तथा पशुपालन र स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई आवश्यक पर्ने जग्गालाई सरलीकृत गर्ने र उद्योगलाई दिने जग्गाको हदबन्दी सीमा पुनरवोलकन गर्ने घोषणा सरकारले गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १७:३०