२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सिंचाईका लागि विद्युत महसुलमा छुट दिने सरकारको घोषणा

५ जेठ, काठमाडौं । सरकारले सिंचाईका लागि विद्युत महसुलमा छुट दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामीआर्थिक वर्ष २०८०/८१को नीतितथाकार्यक्रम पेश गर्दै यस्तो बताएका हुन् ।

उनले सिँचाइ सुविधा विस्तार गर्दै लैजाने र नदी डाइभर्सन परियोजनामार्फत सिँचाइ सुविधा दिने योजनाहरुलाई निरन्तरता दिने बताए । नीति तथा कार्यक्रममा भनिएको छ ‘ सिंचाइका लागि विद्युत महसुलमा छुट दिईने छ । धादिङको सल्यानटारमा सिँचाइ सुविधा उपलब्ध गराउन प्रक्रिया अघि बढाईनेछ । ’

साना किसानलाई निःशुल्क वाटरपम्प र ट्युबेल वितरण गर्नेदेखि तराइका नदीमा रिजर्भ्वायरहरु बनाएर हिउँदमा सुख्खा क्षेत्रमा सिँचाइ परियोजना बनाउन नमूना आयोजना विकास गर्ने घोषणा पनि राष्ट्रपति पौडेलले गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १७:२०