२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने

५ जेठ, काठमाडौं । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचतकर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाइ साथ नियमन गरिने पनि उल्लेख छ । सहकारी क्षेत्रको पुनसंरचनासहित बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रको केन्द्रित हुने व्यवस्था मिलाइने राष्ट्रपतिले जनाएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १७:०४