२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न बन्यो ११ सदस्यीय उपसमिति

५ जेठ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न मानव अधिकार समितिले उपसमिति बनाएको छ । शुक्रबार बसेको बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो । जसमा कांग्रेस र एमालेका दुई–दुई जना छन् भने अरु ८ दलका एक एक जना छन् ।

उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रेमश लेखक, जीवन परियार, सुशीलथिङ, सन्तोष परियार, गोमालाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा ,ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर रहेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद दर्ता गरेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १४:४५