२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सरकारलाई कांग्रेस सांसद जितेन्द्र देवको आग्रह

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले भ्रष्टचारको मामलामा खुट्टा नकमाई निडर र निष्पक्ष भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले देशमा भ्रष्टचार मौलाएको यसको नियन्त्रणमा राजनीतिक ठुला दलहरुले काम गर्न सके अग्रगमनको बाटो सुरक्षित भएर जाने बताए । उनले भने ‘वर्तमान सरकार त्यो बाटोमा खुट्टा नकमाई निडर र निष्पक्ष भएर काम गर्न आग्रह गर्दछु । राजनितीक ठुला दलहरुले राम्रो काम गर्न सक्यो भने अग्रगमनको बाटो सुरक्षित भएर जान्छ । र भ्रष्टचारको बाटोमा खट्टा कमायो र भ्रष्टचार बढ्यो भने प्रतिगमनकारीहरु यसैमा बुई चडेर प्रतिगमन गर्छन् । ’

उनले अहिलेको देशको प्रमुख समस्या भनेकै भ्रष्टचार भएको र त्यसले जरा गाडेर बसेको बताए । कोही पनि दोषि छुट्न नहुने चाहे त्यो जति नै ठुलो किन नहोस भ्रष्टचार नियन्त्रणको कुरामा दुधको दुध र पानीको पानी हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १४:३८