२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

संघीय अस्पतालका कर्मचारीको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको १५ दिने अल्टिमेटम

५ जेठ, काठमाडौं । स्वास्थ्यतथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले,संघीय अस्पतालमा कार्यरत कर्मचारीहरुको विवरण १५ दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारका लागि संघीय अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको लिस्ट १५ दिनभित्र बुझाउन निर्देशन दिइएको जानकारी दिए।

उनले भने ‘सबै संघीय अस्पतालमा कार्यरत सबै किसिमका स्थायी, करार र काजमा रहेका लगायत अन्य कर्मचारीहरुको डिजिटल लिस्ट १५ दिनभित्र अध्यावधिक गरी पेश गर्न मन्त्रालयको प्रशासन महाशाखालाई निर्देशन दिए । यसमा दरबन्दीका कर्मचारी एक ठाउँमा छन् । काजमा चाहिने भन्दा बढी र कही चाहिने भन्दा कम छन् । सिफारिसको भरमा आफ्ना मानिसहरुलाई सेवा दिने हिसावले तलव खुवाएर राखिएको अवस्था छ । अब यसलाई व्यवस्थित गर्नुपर्छ ।’

उनले जनताको स्वास्थ्य र सुरक्षाको कुरामा सरकारले व्यवस्थित गर्न कै लागि आफुहरुले उक्त कदम चालेको बताए । जुन ढंगले राष्ट्रिय सेवाकर्मचारीहरुले काम गर्नु पर्ने हो त्यो नदेखिएको र उपकरण खरिद गरेर दुई वर्षसम्म पनि प्रयोग नगरेको र खरिद आवश्यकता भन्दा बढी देखिएको उनको भनाई छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १३:३९