२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, नीति तथा कार्यक्रम अनुमोदन हुने

५ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बसिरहेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुमोदन गर्न बैठक बसेको हो ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पनि आज संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १२:४८