१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तपाईंको डिम्याट खातामा आयो त एक कम्पनीकाे १२ प्रतिशत बोनस सेयर ?

५ जेठ, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।कम्पनीकाे फागुन १४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेकाे हाे ।

फागुन १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा साे बाेनस सेयर जम्मा गरिएकाे हाे । सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा पनि क्रमश: बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १०:२२