२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

भ्रष्टाचारी प्रधानमन्त्री नै भए पनि कारवाही गर्नुपर्छः ज्ञानेन्द्र शाही

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री समेत भ्रष्टाचारी बने जेल जान बाध्य बनाउने बताएका छन् ।

राप्रपाले बिहीवार वसन्तपुरमा आयोजना गरेको भ्रष्टाचार विरोधी सभामा सांसद शाहीले भ्रष्ट आचरणले गर्दा मुलुक वर्वाद भएको भन्दै भ्रष्टाचारी प्रधानमन्त्री नै भए पनि कारवाही गर्नुपर्ने बताए ।

उनले भने, प्रधानमन्त्रीलाई हामीले प्रश्न सोधेका छौ, क्यानटेनमेन्टको घोटालामा तपाई जेल जाने हो भनेर प्रश्न गर्दा प्रधानमन्त्रीले जेल जान्छु भनेर घोषणा गरेका छन् । भ्रष्टाचारका विरुद्ध हामीले संसदमा मात्र आवाज उठाएर हुँदैन्, भ्रष्टाचारका विरुद्धमा भ्रष्टाचारीहरुलाई तीन पुस्ताको सम्पत्ति जफत गरेर आजीवन कारावास हाल्नुपर्छ । त्यसपछि यसको अन्त्य हुन्छ । यो देश भ्रष्टाचारको कारणले बर्वाद भएको छ । ’

उनले नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होईन अरु धेरै काण्डहरुको पर्दाफास गर्नुपर्ने र त्यसमाअपराधी सावित भए आफुहरु पनि जेल जान तयार हुनुपर्ने बताए । प्रवक्ता शाहीले भ्रष्टाचार देशको रोग भईरहेको भन्दै यो रोगलाई जराबाटै निकाल्नको लागि राप्रपालाई दुई तिहाई बहुमतले निर्वाचित गर्न आग्रह गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १७:०९