२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न कुनै कसर बाँकी राख्दिनः प्रधानमन्त्री प्रचण्ड

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी नराखिने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा प्रश्नोत्तरको क्रममा सांसद शेरबहादुर कुँवरले साधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले यस विषयमा प्रहरी प्रशासनले निष्पक्ष छानबिन गरीरहेको र कुनै पनि निकायको हस्तक्षेप नरहेको बताए ।

उनले भने‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन । र, बाँकी राख्ने पनि छैन ।

यसमा प्रहरी र अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षप भएको छैन् ।’ उनले भ्रष्टाचारको अन्य प्रकरणको पनि अनुसन्धान र कारबाही हुने जानकारी दिए । जुनसुकै तह र तप्काका भएका दोषी कारबाहीको दायरामा ल्याउन कुनै आग्रह, पुर्वाग्रह नगरी अन्तिम निष्कर्ष निकाली कारबाहीको तयारी भएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १४:४६