२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

भ्रष्टाचारको अारोपमा राजपा नेपाल केन्द्रीय कार्यालयका सबै कर्मचारी बर्खास्त

२९ असोज, काठमाडाैँ । भ्रष्टाचारको अारोपमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल केन्द्रीय कार्यालयका सबै कर्मचारी बर्खास्त भएका छन ।केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी हटाइएका हुन । दशैंको तलब दिएर उनीहरुलाई अब कार्यालय नआउन भनिएको छ ।कार्यालयमा काम गर्ने केही कर्मचारीहरुले आर्थिक चलखेल गर्नुको साथै काममा ध्यान नदिएको आरोपमा उनीहरूलार्इ बर्खास्त गरिएको हो ।

ती कर्मचारीहरुको अनियमितताको बारेमा पार्टीको अध्यक्ष मण्डलको बैठकदेखि राजनीतिक समितिको बैठकसम्म कुरा उठ्ने गरेको थियो ।कार्यालयमा प्रदीप पाठक (कार्यालय सचिव), राजाराम पासवान (उनी पार्टीका सचिव पनि हुन्), राजेश चौधरी, सतेन्द्र मिश्र (महन्थ ठाकुरको स्वकीय सचिव), सुरेन्द्र मण्डल, तिलक रावल, विद्याधर झा, दिलिप साह, महावीर शाही, रञ्जित कुमार झा र दुईजना अन्य महिला कार्यरत थिए । सबैजनालार्इ बर्खास्त गरिएको राजपाले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार ०७:०४