२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

जुन देशमा भ्रष्टाचार हुन्छ त्यो देश कहिले पनि सफल हुन सक्दैनः मन्त्री किराँती

४ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जुन देशमा भ्रष्टाचार हुन्छ त्यो देश कहिले पनि सफल नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नाटाको २४ औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले आफ्नै सहयोगदातालाई जेलमा आराम गराएर आफुले राज्य सत्ता हाक्न आटँ गर्नेले केही गर्न सक्ने बताए ।

उनले भ्रष्टाचार कुनै पनि हालतमा सैह्य नहुने बताउँदै यो देशलाई भ्रष्टाचारबाट मुक्त गराउन सके मात्र विकास हुन सक्ने पनि प्रष्ट पारे । उनले भने ‘ जो भ्रष्टाचार माथि उद्धार हुन्छ त्यो देश कहिले पनि सफल हुदैन ।

आफ्नै सहयोगीलाई जेलमा आराम गराएर आफुले राज्य सत्ता हाक्न आटँ गर्नु पर्छ । भ्रष्टाचार हाम्रो शत्रु हो । म तपाईहरुलाई आग्रह गर्छु, भ्रष्टाचार अन्त्यको निम्ति यो सरकारले चौतर्फी अभियान सञ्चालन गर्नेछ ।’ मन्त्री किराँतीले पर्यटनको विकास आवश्यक भएकोले त्यस्मा आफुहरु लागि परेको बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १२:४६