२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

प्रतिनिधिसभा बैठकमा आज सांसदले साेधेकाे प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

४ जेठ, काठमाडौं । प्रधानमन्त्री भएको छ महिनापछि आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदको प्रश्नको सामना गर्ने भएका छन् ।

बिहीबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौं बैठक बस्दै छ । बिहान ११ बजे बस्न लागेको उक्त बैठकमा प्रधानमन्त्रीसंग प्रतिनिधिसभा सांसदहरुले विभिन्न विषयमा प्रश्न सोध्नेछन् र प्रधानमन्त्रीले उत्तर दिने तय गरिएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाका सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा प्रधानमन्त्रीले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

दाहाल प्रधानमन्त्री भएको छ महिनापछि पहिलो पटक संसमा पुगेर उनले सांसदको प्रश्नको जवाफ दिन लागेका हुन् । उनलाई नक्कली शरणार्थी प्रकरण, बजेट देखि विभिन्न विषयमा सांसदले प्रश्न गर्ने तय भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०७:५७