१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

बाउले २ लाख ऋण नदिँदा ६ वर्षीय छोराका अपहरण गरी हत्या

२९ असोज, काठमाडाैँ । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोमा बाउले २ लाख ऋण नदिँदा ६ वर्षीय छोराका अपहरणगरी हत्या गरेको खुलेको छ । प्रहरीले बालकको अपहरणपछि हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको यो रहस्य खुलेको हो । पक्राउ पर्नेमा स्थानीय १७ बर्षे हरेन्द्र कुमार कुश्वाहा र २३ बर्षे सुखल वैठा रहेका छन ।

बुधबारदेखि हराएका गोलु भनिने दिपक प्रसाद यादवको शव गाउँ नजिकै जंगलमा फेला प्रहरीले फेला पारेको थियो । घर नजिकै रहेको रानीवासमा हजुरबुबासँग मेला हेर्न गएका दिपक अपराहृन ४ बजेतिर हराएका थिए । परिवारलेसाँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेकाक अभियुक्त हरेन्द्रले एक महिना अगाडि गोलुका बाबु धनेश्वर प्रसादसँग दुई लाख रुपैयाँ ऋण मागेका थिए । तर, ऋण दिन अस्वीकार गरेपछि कुशवाहालेसमय आएपछि देखाउने भनि धम्की दिएको पाइएको छ ।

बालक हराएको भोलिपल्ट बिहान करिब १० बजे धनेश्वरलाई अभियुक्त श्याम बैठाले १० लाख फिरौती समेत माग गरेको कल रेकर्डका आधारमा खुलेको छ । बालकको भने अपहरण गरेकै राति घाँटी थिचेर हत्या गरेको पाइएको बाराका प्रहरी नायब उपरिक्षक रन्जित सिँह राठौरले जानकारी दिए

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार ०६:४३