२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

काठमाडाैंकाे शेषमति खोलामा यात्रुबाहक बस खस्यो, एकजनाकाे मृत्यु

३ जेठ, काठमाडाैं । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित शेषमति खोलामा यात्रुबाहक बस खसेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ६३६७ नम्बरको यात्रुबाहक बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।  दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ। बसमा सवार एक यात्रु घाइते भएकी छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १४:३८