२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिन्छः प्रधानमन्त्री प्रचण्ड

३ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसले वामपन्थी एकतामा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । बुधबार ३०औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दै प्रधानमन्त्री दाहालले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत स्मृति दिवसको स्मरण गर्दै सहकार्य र एकताका लागि वामपन्थीहरुका लागि यो दिन प्रेरणाको दिन बनेको उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले लेखेका छन् ‘ आज ३० औँ मदन–आश्रित स्मृति दिवस, रहस्यमय दासढुंगा दुर्घटनामा परि दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु ।यस दिनले कम्युनिष्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १२:१३