२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

अहिलेको गठबन्धन सत्ता र स्वार्थको लागि बनेको होः केपी ओली

३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सत्ता र स्वार्थको लागि मात्र भएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिलेको गठबन्धन सत्ता प्राप्त गर्नका लागि मात्र बनेको बताएका हुन् ।

उनले भने ‘हामी कसैसँग कहिल्यै मिल्दै, मिल्दैनौं भन्ने होइन। तर, सत्ताका निम्ति, स्वार्थका निम्ति, सरकार गठनका लागि, मिल्ने कुरा हामीबाट हुँदैन । त्यहि सीमाभित्र मिल्ने कुरा हुँदैन् । कसैसँग हाम्रो एकता हुन्छ भने देशका लागि, जनताका लागि, परिवर्तन, सुशासन र विकासका लागि मिल्न सक्छौं कसैसँग । तर सत्ता गठबन्धनजस्तो कुरा हामीबाट हुँदैन। अहिलेको गठनबन्धन सत्ता गठबन्धन, सरकारी गठबन्धन, सत्ता प्राप्त गर्नका लागि गरिएको गठबन्धन हो।’

ओलीले नेपाली काँंग्रेस पार्टी राजनीतिक नभएको टिप्पणी समेत गरे । उनले काँंग्रेसलाई ‘हावा न चावा’को पार्टीको संज्ञा सम्म दिए । उनले भने ‘नेपाली कांँग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको! कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो। त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो ।’

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ११:३३