२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

आयोजना प्रमुखमा क्षमतावान व्यक्ति चयनको मापदण्ड ल्याउनुपर्छः अध्यक्ष तिमल्सिना

२ जेठ, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले आयोजना प्रमुखमा क्षतमावान व्यक्तिलाई जिम्मेवारी दिने मापदण्ड ल्याउनु पर्ने बताएका छन् । मंगलवार कानून समितिमा भएको बैठकमा उनले गैर जिम्मेवार व्यक्तिलाई जिम्मेवारी दिदा वर्ष दिनमै सरुवा हुने समस्या भएकाले क्षमता हेरे राख्ने मापदण्ड ल्याउन जरुरी भएको बताए ।

उनले भने ‘आयोजनाहरुमा हामीले जिम्मेवारी दिने र त्यो जिम्मेवारी पूरा गर्ने मानिस लाई दिनुपर्छ । आयोजना प्रमुख ,निर्देशका कत्तिको क्षमतावान छ र सफल मानिस हो कि होईन भन्ने कुराको माप दण्ड हुनुपर्छ । ६ महिना वर्ष दिमा सरुवा गरेर कसले सक्नी ?’ उनले नेपालमा सिमेन्टको उत्पादन एकदम राम्रो मात्रमा भएको भन्दै नेपालको सडक कालोपत्रे र ढलान गर्दा बाहिरबाट ल्याएर भन्दा यहिको सिमेन्ट ढुङ्गाको प्रयोगमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १६:५६