२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, के-के भयो कुरा ?

२ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हाे ।

भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ११:३३