अोली सरकारको महत्वपूर्ण निर्णयः मेडिकल शिक्षामा यस वर्ष शुल्क वृद्धि गर्न नपाइने
२८ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको वर्तमान सरकारले मेडिकल शिक्षासँग सम्बन्धित एउटा महत्वपूर्ण निर्णय गरेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलको प्रस्तावमा सरकारले यस वर्ष मेडिकल शिक्षामा शुल्क वृद्धि गर्न नपाइने निर्णय गरेको हो ।
अाइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले सरकारले यस वर्ष मेडिकल शिक्षामा शुल्क वृद्धि गर्न नपाइने निर्णय गरेको जानकारी दिए । ज्ञवालीका अनुसार विगतमा मेडिकल शिक्षाको शुल्क निर्धारण गर्न गठित कार्यदलले तोकेको शुल्क भन्दा बढी लिन नपाइने निर्णय भएको छ । यसले मेडिकल शिक्षा अध्ययरत विद्यार्थीलार्इ ठूलो राहत मिलेको छ ।
प्रकाशित मिति : २८ आश्विन २०७५, आईतवार १९:४३