२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पूर्वसभासद आङटावा शेर्पाद्धारा प्रहरी कार्यालय पुगेर आत्मसमर्पण

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो प्रकरणमा प्रहरीले नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ गरिसकेकाे ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार २०:३३