२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पूर्वगृहमन्त्री खाँणको बयान सकिएन,मंगलबार पनि लिने

१ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणको बयान भोली मंगलवार पनि हुने भएको छ । आज सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागिउपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो ।

बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताबारे दर्जनौँ सवालजवाफ भएका थिए ।
बुधबार पक्राउ परेका खाँणमाथि आइतवार मात्रै ४ दिन म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १७:०५