२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमालेको नाममा लुकेर बस्ने भ्रष्टलाई सबैभन्दा पहिले कारवाही हुनुपर्छः महेश बस्नेत (भिडियाे)

१ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको नाममा कोही लुकेर बसेको छ भने उनिहरुलाई सबैभन्दा पहिले कारवाही गर्नु पर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले ३४ औं स्थापना दिवसको अवसरमाआयोजित कार्यक्रममा उनले एमालेको नाममा कोही लुकेर बसेको छ भने उनिहरुलाई एक नम्बरमा कारवाही गर्नुपर्ने र त्यसका लागि एमाले आफै अघि सर्ने बताएका छन् ।

सत्य, तथ्य छानबिन गरेर कुनै दबाब र प्रभावमा नपरि भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने र यसमा नेकपा एमालेले सधैँ साथ दिने उनको भनाई छ । ‘नेकपा एमालेको एउटा स्पष्ट धारणा सत्य तथ्य छानबिन गर्ने कुरामा कुनै दबाब र प्रभावमा सम्बन्धित निकाय पर्नु हुन्न, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । एमाले नै पहिलो पार्टी हो जसले भ्रष्टाचारको कुरा अगाडि ल्याएको हो।’ उनले भने, ‘नेकपा एमालेले भ्रष्टाचारको हरेक केशमा साथ दिन्छ ।एमालेको नाममा कोही लुकेर बसेको छ भने उनिहरुलाई एक नम्बरमा कारवाही गर्नुपर्छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १६:५०