२४ चैत्र २०८२, मंगलवार | Wed Apr 8 2026

नेप्सेमा थप चार कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

१ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज एक वाणिज्य बैंकसहित चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको ४३ लाख ५६ हजार ४५१.०३ कित्ता सेयर बोनस सेयर सूचीकृत भएको हो।

१) मिर्मिरे लघुवित्त

नेप्सेमा मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस बापतको १२ लाख २१ हजार ७७२.३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

२) स्वावलम्बन लघुवित्त

नेप्सेमा सोमबार स्वावलम्बन लघुवित्तको २० प्रतिशत बोनस बापतको २ लाख ४३ हजार ५६४.३० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

३) साल्ट ट्रेडिङ कर्पोरेशन

नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनका १० प्रतिशत बोनस बापतको २ लाख ५३ हजार ५३१.१९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

४) कृषि विकास बैंक

नेप्सेमा कृषि विकास बैंकको २ प्रतिशत बोनस बापतको २६ लाख ३७ हजार ५८३.१५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १६:३१