२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भ्रष्टाचारीको तीनपुस्ते सम्पत्ति हरण गर्ने कानुन बनाउनु पर्छः सांसद शाही

१ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पति हरण गर्ने र आजीवन कारावास गर्ने कानुन बनाउनु पर्ने माग गरेका छन् ।

सोमवार प्रतिनिधिसभाको बैठकमा उनले यसको न्यूनीकरणको लागि पार्टी पंक्ति र सिद्धान्त एंव दलभन्दा माथि उठेर कानुन बनाउन तयार हुनु पर्ने बताए ।

उनले भने ‘अहिलेसम्मका सबै काण्डमा लड्ने हो पार्टी पंक्ति र सिद्धान्त एवं दलभन्दा माथि उठेर कानुन बनाउन तयार हो?हुनुहुन्छ भने हेर्न चाहन्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही ?त्यही भएर अहिले म भन्न चाहन्छु । यसो नगरौं । तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्यूनीकरण गर्दैन । भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पति हरण गर्ने आजीवन कारावास ठोक्ने कानुन यहि संसदबाट बनाएर लागु गरौं ।’ शाहीले भ्रष्टाचारमा लागेकाहरु नैआन्दोलनमा सहभागी भएको आरोप पनि लगाए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १५:५२