८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

झिनो अकंले घट्यो सेयर बजार, कारोबार ७२ करोडमा खुम्चियो

१ वैशाख, काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर १८१८.३१ बिन्दुमा बन्द भएको छ । आज २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच हुदाँ ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका ९६ कम्पनीको सेयरमूल्य बढेको छ । १०४ कम्पनीको सेयरमूल्य घटेको छ भने १९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिन एनआईबीएल ग्रोथ फण्डको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । आज सगरमाथा लुम्बिनी इन्स्यारेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १५:१७