२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

शरणार्थी प्रकरणमा भएको काम सदनलाई जानकारी गराउन एमाले सांसद गैरेको माग

१ जेठ, काठमाडाैं । नेकपा एमालेका सचेतक तथा सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणमा सरकारले अहिलेसम्म गरेको काम सदनमा जानकारी गराउन माग गरेका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा उनले एमालेले संथागतरुपमा यस प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कारवाही होस् भनेर माग गरिसकेको अवस्थामा समेत सरकारले अनुसन्धानमा ढिला गरि आलटाल गरिरहेको भन्दै उक्त माग गरेका हुन् ।

उनले भने, ‘नक्कली शरणार्थी जस्तो जघन्य अपराधमा आज सम्म सरकारले सदनमा आएर यस्तो गरिरहेको छौं, हामी यो गर्दै छौं भन्न के समस्या भएको छ । सरकारले अहिले पनि यस प्रकरणको अनुसनधानमा ढिला सुस्ती गरी आलटाल गरिरहेको छ ।

एमालेकाे २८,२९,३० वैशाखमा बसेकाे केन्द्रिय कमिटी बैठकले संथागतरुपमा यस प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कारवाही होस् भनेर माग गरेको छ । त्यसैले यो बैठकमा सरकारले यस सदनमा यस विषयमा जानकारी दिनु पर्छ अनि मात्र सदनको काम अगाडि बढ्नुपर्छ भन्ने माग गर्न चाहन्छु ।’ उनले यस प्रकरणको निष्पक्ष रुपमा छनबिन र कारवाही हुन्छ भन्ने जनतामा विश्वास हराईसकेको उनले टिप्पणी गरे ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १४:०४