२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भ्रष्टाचारविरुद्ध एमालेकाे प्रदर्शन सुरु

१ जेठ, काठमाडौं । नेकपा एमालेका दुईवटा ठूला जनवर्गीय संगठन अनेरास्वियु र युवा संघ नेपालले भ्रष्टाचार विरुद्धको आन्दोलन सुरु गरेका छन्। दुईवटा ठूला जनवर्गीय संगठन अनेरास्वियु र युवा संघ नेपालले आफ्नो स्थापना दिवशका दिन नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सतहमा आएका विभिन्न प्रकरणहरुको छानविनका लागि सरकारलाई दबाब दिन भन्दै यी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।

संयुक्त र्‍याली प्रदर्शनी मार्ग पुतली सडक हुँदै भृकटी मण्डपमा गएर आमसभामा परिणत हुनेछ। आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई उम्काउने र कसैलाई फसाउने नियतका साथ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसमा खबरदारी गर्न उनले युवाहरुलाई आह्वानसमेत गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १३:२३