९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?

१ जेठ, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज जेठ १ गते साेमबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नेपाल बैंकर्स संघको कार्यसमितिकाे बैठकले वैशाख महिनाको ब्याजदर नै कायम हुने गरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेसँगै बैंकले सोही ब्याजदर कायम गर्दै नयाँ सार्वजनिक गरेको हो ।

बैंकले सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, बैंकले मुद्दती निक्षेप अन्तर्गत बैंकले संस्थागतको लागि ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर कायम गरेको बैंकले सार्वजनिक गरेकाे ब्याजदरमा उल्लेख छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ११:२९