२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

टोपबहादुर रायमाझीलाई म्याद थपका लागि अदालत लगिँदै

१ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागिएको हो । त्यसअघि उनलाई सरकारी वकिलको कार्यालय लगिने छ ।

रायमाझीलाई गएराति काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । फरार भएको ११ दिनपछि उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी पक्राउ परेसँगै यो प्रकरणमा प्रहरी हिरासतमा पुग्नेको संख्यामा १३ जना पुगेको छ । शरणार्थी प्रकरणमा जोडिएका उनका छोरा सन्दिप यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ११:१५