८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शिखर इन्स्योरेन्सको खुद बिमा शुल्कमा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

३१ वैशाख, काठमाडाैं । शिखर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । याे नाफा गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ६.५२ प्रतिशतले कमी हाे । गत वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो ।

साे अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी भने ९.२९ प्रतिशतले बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको दाबी भुक्तानी रकम १२.२३ प्रतिशतले बढेर ७० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीकाे बिमा कोषको आकार ७.०७ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा माथि पुगेको छ । याे अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ भने १८९ रुपैयाँ १७ पैसा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १३:०७