२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बालकृष्ण खाँणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

३१ वैशाख, काठमाडाैं । नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । आईतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण विरुद्ध ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।

नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक लगाएर प्रदर्शन गरेका थिए । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांँग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेका थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १२:५४