२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमाले सचेतक महेश बर्तौला अस्पताल भर्ना

३१ वैशाख, काठमाडाैं । नेकपा (एमाले)का सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि बर्तौला मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना भएका हुन् । स्वकीय सचिव आशिष अस्लामीले बर्ताैलालाई शुक्रबार अस्पताल भर्ना गरिएको जानकारी दिए  । बर्तौलालाई घाँटीको टन्सिल र कमजोरीका कारण ज्वरो आएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार ११:२४