२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई जोगाउने खेल भइरहेको छः डा गोविन्द केसी

३० वैशाख, काठमाडौँ । अभियान्ता गोविन्द केसीले, शीर्ष नेताहरुले अहिले पनि दोषिलाई जोगाउने षड्यन्त्र गरिरहेको आशंका गरेका छन् । काठमाडौंको नारायणचौरमा आयोजित भ्रष्टाचार विरुद्धको प्रदर्शनमा सहभागी नागरिक अगुवा ता चिकित्सक डा. केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेताहरुले दोषिलाई जोगाउन सक्ने आशंका गरे ।

संचारकर्मीसंग कुरागर्दै उनले भने ‘प्रत्येक नेताहरुलाई मैले चिनेको छु । कति पानीमा छन भन्ने मैले देखेको छु ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ । ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ’ उनले भने ।

शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो हुने बताएका उनले यो प्रकरणमा पनि उनीहरुले जनतालाई धोका दिनसक्ने आशंका गरे । उनले भने ‘सधै धोका दिइरहेका छन् । अहिले धोका दिदैनन भन्ने छैन नि । यी भ्रष्ट नेताहरु चाहे ओली भनौं । चाहे प्रचण्ड भनौं । चाहे देउवाहरु भनौं । अहिले के हुदैँछ भने दोषिहरुलाई जोगाउने प्रयास गर्दैछन् ।’

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १६:४२