१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

टोखा नगरपालिकाका कार्यकारी अधिकृत रंगेहात पक्राउ, घुस खाएर दशैँ बिगारे सुवेदीले

२८ असोज, काठमाडाैँ । टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित रंगेहात पक्राउ परेका छन । सुवेदीलार्इ अख्तियार दुरूिपयोग अनुसन्धान अायोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको हो ।

अधिकृत सुवेदीले उपभाेक्ता समुह मार्फत निर्माण भएकाे बाटाेकाे भुक्तानी दिनका लागि एक लाख घुस खाएका थिए ।  अायाेगका प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार उपभाेक्ता समुह मार्फत सम्पन्न भएकाे निर्माण कार्यकाे भुक्तानी दिन सुवेदीले अानकानी गर्दै अाएकाे थिए ।

उनले अाइतबार घुस खाएर रकम निकासा गर्न खोजेका थिए । सुवेदीले राजनीतिक संरक्षणमा यसअघि पनि उपभोक्ता समितिहरूसँगद  घुस खाने गरेका थिए ।  उनलार्इ नेकपाका नेताहरूले राजनीतिक संरक्षण दिने गरेको कर्मचारीहरूले बताएका छन । उनले घुस खाएर दशैँ समेत बिगारेका छन । अख्तियारले अनुसन्धानका लागि केही समय थुनामै राख्ने हुँदा उनको दशैँ बिग्रिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५, आईतवार १६:१३