७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

तरलता व्यवस्थापनमा सुधारः बैंकहरूद्वारा १२१८ अर्ब ६३ करोड ओभरनाइट सुविधा उपयोग

२९ वैशाख, काठमाडौं। चालू आर्थिक वर्षको नाै महिनाको अवधिमा तरलता व्यवस्थापनमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले चालू आर्थिक वर्षमा बाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीको तरलता स्थितिमा सुधार भएको बताएका हो ।

तरलता व्यवस्थापनमा आएको सुधारका कारण गत वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मौद्रिक व्यवस्थापनका उपकरणमार्फत् वित्तीय प्रणालीमा कम तरलता प्रवाह भएको जनाएको राष्ट्र बैंकले छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा खुला बजार कारोबारमार्फत ४९८ अर्ब ६४ करोड रुपैयाँ खुद तरलता प्रवाह गरिएको छ । तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत् पटक पटक गरी २७२६ अर्ब ८१ करोड रकम उपयोग भएको जनाइएको छ ।

गत वर्षको यसै अवधिमा खुला बजार कारोबारमार्फत ४०८ अर्ब ९७ करोड खुद तरलता प्रवाह भएको थियो भने बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत् पटक पटक गरी ५७७३ अर्ब ७५ करोड बराबरको रकम उपयोग भएको केन्द्रीय बैंकले जनाएको छ । २०७९ पुस १ देखि प्रयोगमा आएको ओभरनाइट तरलता सुविधामार्फत् चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी १२१८ अर्ब ६३ करोड बराबरको ओभरनाइट तरलता सुविधा उपयोग गरेका राष्ट्र बैंकले जनएको छ

त्यस्तै चालू आर्थिक वर्षको तेस्रोत्रयमाससम्ममा विदेशी विनिमय बजारमा विदेशी मुद्राको खरिद गरी ५५७ अर्ब ८१ करोड बराबरको तरलता प्रवाह भएको छ । गत वर्षको यसै अवधिमा विदेशी मुद्राको खरिदमार्फत २०३ अर्ब ९ करोड रुपैयाँ खुद तरलता प्रवाह भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १३:१०