७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

मौद्रिक नीतिको तेस्रो समीक्षाः बैंकदर १ प्रतिशतले घट्याे (पूर्णपाठसहित)

२९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि बैंकदर ८.५ प्रतिशत रहेकाे थियो ।

यस्तै ब्याजदर करिडोर अन्तर्गतका अन्य दरहरुलाई यथावत राखिएको छ । राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ ।

कर्जाको पुन:तालिकीकरण र पुनः संरचना गर्ने व्यवस्था पनि गरिएको छ । यो सुविधा होटल, रेष्टुराँ, यातायात तथा निर्माण क्षेत्रका कम्पनीले मात्रै पाउने छन् । अन्य क्षेत्रको कर्जाको लागि भने ५ करोडसम्मको कर्जाले यस्तो सुविधा पाउने छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १२:४१