नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने सरकारको निर्णय
२९ वैशाख, काठमाडाैं । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको हाे ।
नयाँ स्टकको लाइसेन्स प्रक्रियामा नीतिगत भ्रष्टाचारको भएकाे भन्दै संसदमा प्रश्न उठेपछि तत्कालका लागि प्रक्रिया रोकिएकाे जनाइएकाे छ ।लगानीकर्ताको हितलाई ध्यानमा राख्दै थप अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने भएकाले तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न मन्त्रिपरिषद्को कार्यालयबाट लिखित निर्देशन आएको अर्थ मन्त्रालय स्रोतले जनाएकाे छ ।
लाइसेन्स प्रक्रिया रोक्न मन्त्रिपरिष्दको कार्यलयले पठाएको लिखित निर्देशनसम्बन्धी पत्र अर्थ मन्त्रालयले शुक्रबार धितोपत्र बोर्डलाई पठाउने तयारी गरेको छ ।
सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनीको लाइसेन्स वितरण गर्न बोर्डलाई बाटो खुलेको थियो । नयाँ स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।
प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १०:००












