७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने बैंकर्स संघको निर्णय

२८ वैशाख, काठमाडौं । जेठमा बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बिहीबार बसेको बैंकर्स संघको कार्यकारी समितिको बैंकठले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारीसकेको र निक्षेपमा उल्लेख्य सुधार नभएकोले जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको संघले जनाएकाे छ ।

चैत अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेको छ । त्यसयता निक्षेप संकलन केही सुस्ताएको छ । संस्थागत मुद्दतीको ब्याजदर ७.४९ प्रतिशत छ। साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बिचमा रहेको छ। कल निक्षेपको ब्याजदर २.७० प्रतिशत छ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १४:३७