राष्ट्र बैंकद्वारा समस्याग्रस्त सुपर लघुवित्तकाे व्यवस्थापनका लागि संयोजक र सदस्यमा दरखास्त आह्वान
२८ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनका लागि व्यवस्थापन समूह गठन गर्ने भएको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै दुई सदस्यीय व्यवस्थापन समूह गठन गर्न लागेको जनाएकाे हाे ।
राष्ट्र बैंकले समूहका संयोजक र सदस्यका लागि दरखास्त आह्वान गरेको छ। संयोजक र सदस्यको सेवा अवधि १ वर्षको हुनेछ। आवश्यकता तथा कार्यप्रगतिका आधारमा ६–६ महिनाका लागि २ पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक नेपाली नागरिकले जेठ १७ गतेसम्म कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको गरेकाे छ ।
दरखास्त पेस गर्दा शैक्षिक याेग्यता, नागरिकताकाे प्रमाणपत्र (उमेर नखुलेकाे हकमा साे खुल्ने प्रमाणपत्र), अनुभवका कागजात एवम् छनाेट समितिले ताेकेकाे अन्य कागजात संग्लन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १२:३३












