९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नौ महिनामा संघीय सरकारको कुल खर्च ९ खर्ब ४३ अर्ब ५ करोड

२७ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा संघीय सरकारको कुल खर्च ९ खर्ब ४३ अर्ब ५ करोड भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार उक्त रकम सरकारले खर्च गरेको हो ।

समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब ६ अर्ब ७७ करोड, १ खर्ब ७ अर्ब २४ करोड र १ खर्ब २९ अर्ब ४ करोड रहेको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६८३ अर्ब ८१ करोड भएको छ । याे अवधिमा कर राजस्व तर्फ ६ खर्ब १६ अर्ब १२ करोड र गैर कर राजस्व तर्फ ६७ अर्ब ६९ करोड परिचालन भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १५:४०