बैंक तथा वित्तीय संस्थाकाे निक्षेप ७ प्रतिशतले बढ्याे, मुद्दती निक्षेप ६०.१ प्रतिशत
२७ वैशाख, काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा रहको निक्षेप संकलन बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ५५ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ चैतमसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.० प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, २८.७ प्रतिशत र ५६.१ प्रतिशत रहेको थियो ।
प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १४:५९












