२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अर्घाखाँचीमा आगलागी अपडेटः मृत्यु हुनेको संख्या चार पुग्यो

२७ वैशाख, काठमाडौं । अर्घाखाँची भूमिकास्थान नगरपालिका–२ तिरतिरेमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यू हुने ७२ पर्षीय तीताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासे रहेका छन् । माधवको बिधुवार बिहान कीर्तिपुर अस्प्तालमा उपचारका क्रममा मृत्यू भएको हो ।

अन्य तीनको मंगलवार नै मृत्यू भएको हो । घटनामा घाइते अस्मिता वेल्वासेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । घरमा अचानक आगो सल्किएपछि उनी निभाउन अघि बढेका थिए । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले आगलागीमा गम्भिर घाईते भएका मध्ये तीन जनाको मृत्यू भएको र बाँकी दुईको उपचार भइरहेको बताए ।

उनले भने,‘हिजो तिरतिरे भन्ने ठाउँमा आगलागी भयो । घटनामा पाँच घाइते भए । उनीहरुलाई उपचारका लागि अस्पताल त लगियो तर, केहीलाई बचाउन सकिएन । बाँकी एको अहिले उपचार भइरहेको छ ।’ सहायक जिल्ला अधिकारी पाध्यका अनुसार मंगलवार दिउँसो भूमिकास्थान नगरपालिका–४ तिरतिरेस्थित पदम वेल्वासेको घरमा आगलागी भएको थियो ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई मिसन अस्पताल पाल्पा लगिएको थियो । मिसनमा पनि उपचार हुन नसकेपछि उनीहरुले काठमाडौं ‘रेफर’ गरिएको थियो । यहीक्रममा तीन जनाको बाटोमै मृत्यू भएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १०:३९