“सिद्धार्थ पे एण्ड सेभ खाता” नेपालमै पहिलो पटक अद्वितीय सुविधा दिएको सिद्धार्थ बैंकको दाबी
२५ वैशाख, काठमाडाैँ । सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको “सिद्धार्थ पे एण्ड सेभ खाता” सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमै खाता खोल्न सकिने योजनामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत १०० रूपैयाँ भन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागी आजैबाट स–सानो बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ ।
साथै, ग्राहकहरुलाई यस खाता खोली यथासिघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराईएको छ । यस क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पि.ओ.एस् वा अनलाईनबाट न्युनतम रु १,००० को कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत (अधिकतम रु १००) क्यासब्याक पाउन सक्नुहुनेछ । यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ ।
यस खाताले अभिभावक वर्गहरुलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै स–सानो बचत गरी आफ्नो बालबालिकाहरुको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बंैकले लिएको छ ।
सिद्धार्थ बैंककोे १९५ शाखा कार्यालयहरुबाट सहजै यो बचत खाता खोल्न सकिने छ । यस खाता बारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट ा प्राप्त गर्न सक्नुहुनेछ ।
प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार ०८:०४