नागरिकता विधेयकको बारेमा राष्ट्रपतिले कानूनविद्हरूसँग परामर्श गर्दै
२४ वैशाख, काठमाडौं । रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न राष्ट्रपति रामचन्द्र पौडेलले कानूनविद्हरूसँग परामर्श गर्ने भएका छन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले आज दिउँसो १ बजे कानूनविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।
यसअघि नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सो विधेयक पठाइएको भए पनि भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो । वर्तमान सरकारले सो विधेयक अघि बढाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार ११:५७