११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपियाँको ऋणपत्र निष्काशन गर्ने

२२ वैशाख, काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने भएको हो।

यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। उक्त ऋणपत्र निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त नियुक्ति सम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १०:०२