२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

आर्थिक मन्दीको प्रभाव देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्छः माधव नेपाल

२१ वैशाख, काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्ताे बताएकाे हुन् ।

उनले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्न आवश्यक रहेकाे बताएका हुन् । उनले सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १४:०१