२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

राष्ट्र बैंकमा असक्षम नेतृत्वको प्रभाव, गभर्नरको हस्ताक्षर र नम्बर नभएको नोट बजारमा

२७ असोज, काठमाडाैँ । नेपाल राष्ट्र बैंकको नेतृत्वको असक्षमता विस्तार सतहमा अाउनेक्रम जारी रहेको छ । पछिल्लो पटक बजारमा हस्ताक्षर र नम्बरै नभएको नोट पठाएर राष्ट्र बैंकले अर्को असक्षमता प्रस्तुत गरेको छ । राष्ट्र बैंकको नेतृत्वले गैरजिम्मेवारीको हद नाघेको छ । नयाँ नोटका नाममा बजारमा गभर्नरको हस्ताक्षर र नम्बर नभएका नोट अाएपछि नेतृत्वको अालोचना सुरू भएको छ ।  अनेकथरी सेटिङमा लाग्दा मुलकर्म नै भुलेको भन्दै राष्ट्र बैंकको अालोचना सुरू भएको हो ।

यसरी बाहिरियो तथ्य

दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपैयाँका नोटमा हस्ताक्षर र नम्बर नभएको फेला पर्यो । सहकारीका कर्जा अधिकृत अमीर तिमिल्सिनाका अनुसार १ लाख २० हजार रुपैयाँ रिलायन्स फाइनान्सबाट निकालेका थिए । जसमध्ये ५० रुपैयाँको नोटहरूमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर नै उल्लेख गरिएको छैन । यस्तो गम्भीर विषयलार्इ समेत समान्य रूपमा लिँदै नेपाल समाचारपत्र दैनिकसँग नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले धेरै रकममा केही त्रुटी हुनु स्वाभाविक भएको भन्दै हल्का जवाफ दिएका छन ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार ०७:५१