यूएस बंगला एयरको विमान दुर्घटनामा एमबीबीएस पढेर नेपाल फर्किएका ११ विद्यार्थीको मृत्यु
२९ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका ११ नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनुअघि १३ जना विद्यार्थी दुई महिनाको घर विदामा नेपाल आएका थिए । तिमध्ये ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् । मृतक विद्यार्थीहरु सबै राजीव रबेया मेडिकल कलेज सिलहटका हुन् ।
घाइतेको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु भएका ४९ मध्ये २२ जना नेपाली परेका छन् । सोही विमान दुर्घटनामा चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको पनि मृत्यु भएको छ । डा. थापाले बंगलादेशको ढाकास्थित बंगबन्धु शेख मुजिव चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए ।
प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १०:२६