महालक्ष्मी लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्याे नयाँ बोनसदर, कुन योजनामा कति ?
२० वैशाख, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखा जोखा र दायित्वको मूल्याङ्कन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको विभिन्न बीमा याेजनामा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सको महालक्ष्मी सावधि बिमा योजनामा बिमा अवधिअनुसार बिमितले प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर पाउने छन् । त्यस्तै महालक्ष्मी सरल जीवन बिमा योजना र जीवन हेरचाह बिमा योजना र अवधिअनुसार न्यूनतम प्रतिहजार ५० रुपैयाँदेखि ५१ रुपैयाँ बोनसदर कायम गरीएकाे छ ।
महालक्ष्मी वार्षिक धनफिर्ता बिमा योजनामा सबै अवधिका लागि इन्स्योरेन्सले प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरीएकाे इन्स्योरेन्सले जनाएकाे छ । साथै, कम्पनीले महालक्ष्मी धनधान्य बिमा योजना अन्तर्गत सबै अवधिमा प्रतिहजार ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बिमा योजनामा सबै अवधिमा प्रतिहजार ५० रुपैयाँ बोनसदर तोकेको छ ।
प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १०:५८